कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट एक व्यक्ति बिरामी भएपछि क्लिनिकल ट्रायल स्थगित

कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट एक व्यक्ति बिरामी भएपछि क्लिनिकल ट्रायल स्थगित

काठमाडौं । कोरोना भाइरसविरुद्ध बनाइएको भ्याक्सिनबाट एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड युनिभर्सिटीले क्लिनिकल ट्रायल स्थगित गरेको छ ।

अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको भ्याक्सिनको व्यग्र प्रतिक्षा भइरहेको बेला यो घटनाले ठूलो धक्का लागेको बीबीसीले उल्लेख गरेको छ ।

हाल विश्वभरमा करिब एक दर्जन स्थानमा कोरोनाविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायल जारी छ । तर जानकारहरुका अनुसार अक्सफोर्ड विश्वविद्यालयको ट्रायल सबैभन्दा अगाडि छ । विश्वविद्यालयले तेस्रो चरणको ट्रायल गरिरहेको थियो र अक्सफोर्डकै भ्याक्सिन बजारमा सबैभन्दा पहिलो आइपुग्ने अपेक्षा गरिएको थियो ।

कोरोनाविरुद्धको भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा करिब ३० हजार जना सामेल भएको बताइन्छ ।

बीबीसीका मेडिकल एडिटर फर्गस वाल्शका अनुसार अक्सफोर्डले विश्वभर हुँदै आएको ट्रायल रोकिदिएको छ र अब एक स्वतन्त्र जाँच हुने छ । सुरक्षा मानकको पनि समीक्षा गरिने छ । त्यसपछि नियामक निकायले ट्रायल फेरि सुरु गर्ने कि नगर्ने भन्ने निर्क्यौल गर्ने छ ।

अक्सफोर्ड विश्वविद्यालयका प्रवक्ताले बीबीसीसँग भनेका छन्, ‘ठूलो ट्रायलमा बिरामी हुने सबै सम्भावनाहरु हुन्छन् तर यसको सावधानीपूर्वक जाँच अत्यन्त जरुरी छ ।’

अक्सफोर्ड विश्वविद्यालयले कोरोनाविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायललाई रोक्नुपरेको यो दोस्रो पटक हो । धेरै संख्यामा परीक्षण गर्दा यस्तो हुनुलाई विशेषज्ञहरुले सामान्य ठान्दछन् । यदि कोही व्यक्ति बिरामी हुन्छ र अस्पतालमा भर्ना गर्दा पनि ऊ बिरामी हुनुको कारण पत्ता लाग्दैन भने ट्रायललाई रोकिन्छ ।

प्रकाशित मिति : बुधबार, भाद्र २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij