बुटवल-नेपालमा बुधबार थप ६ जनाको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ६ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको छ ।
यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।
विभिन्न ३९ प्रयोगशालामा गरिएको ११ हजार १६८ जनाको परीक्षणमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति : बुधबार, भाद्र २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्