बुटवल – नेपालमा बिहीबार थप ५ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ५ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको छ ।
यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।
बिहीबार थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७०० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ सय १८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्