विश्व प्राथमिक उपचार दिवस आज

विश्व प्राथमिक उपचार दिवस आज

सेप्टेम्बर महिनाको दोस्रो शनिबार आज विश्व प्राथमिक उपचार दिवस मनाइँदैछ ।

दिवसको नारा ‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ तय गरिएको छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

प्रत्येक वर्ष विश्व प्राथमिक उपचार दिवस सेप्टेम्बर महिनाको दोस्रो शनिबार मनाइन्छ । यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ को कारण विगत वर्षहरूमा झै आम उपस्थिति र सहभागितामा कार्यक्रम हुन नसक्ने अवस्था छ ।

तर नेपाल रेडक्रस सोसाइटीले विशेष सुरक्षा सावधानी अपनाउँदै प्राथमिक उपचार ज्ञान र सीपको प्रवद्र्धन गर्ने खालका भर्चुअल अभिमूखीकरण, कृत्रिम घटना अभ्यास, आकस्मिक प्राथमिक उपचार सीप प्रवद्र्धन लगायतका गतिविधिहरू ७७ वटै जिल्लामा आयोजना गर्ने भएको छ ।

हालसम्म मुलुकभर एक हजार दुई जना प्रशिक्षक र ३० हजार जना प्राथमिक उपचार स्वयंसेवकहरू विकास गरी सेवा प्रदान गरिएकोे नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, भाद्र २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij