बुटवल
रुपन्देहीमा आज शनिबार अहिलेसम्मकै सबैभन्दा बढी १२६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
कोरोना अस्पतालमा रहेका संक्रमितहरुको संख्या लुम्बिनी प्रादेशिक अस्पताल ल्याबले आज मात्रै जनस्वास्थ्य कार्यालय पठाएकोले अन्य दिनको तुलनामा तथ्यांकमा संक्रमितहरु बढी देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभयो।
आज थपिएका सबै संक्रमित पछिल्लो २४ घण्टाको मात्र नभई पहिला संक्रमण देखिएको तर स्वास्थ्य कार्यालयको तथ्यांकमा जोडिएका थिएनन्।
आज साझ ५ बजेसम्म नेशनल प्याथ ल्याब र लुम्बिनी प्रादेशिक अस्पताल ल्याबबाट आएको रिर्पोटअनुसार पछिल्लो २४ घण्टामा १८ जनामा मात्र संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन शाहले जानकारी दिनुभयो।
आज थपिएका संक्रमितहरुको तथ्यांक अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा २५ महिला र ३२ पुरुष गरी ५७ जना छन्।
त्यस्तै तिलोत्तमा नगरपालिकामा ४५ जना, सिद्धार्थनगरमा ६, सैनामैनामा ५, सियारीमा ७, रोहिणीमा ४ र ओमसतियामा २ जना रहेका छन्। संक्रमण पुष्टि भएकामध्ये ५१ जना महिला र ७५ जना पुरुष हुन्।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ६ सय ३० पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका तथ्याङक अधिकृत ओम प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
कार्यालयको तथ्याङ अनुसार हाल सम्म १४ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट ८३९ जना निको भएर फर्किसकेका छन्, ७७६ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।
प्रकाशित मिति : शनिबार, भाद्र २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्