कोरोनाबाट मृत्यु हुनेको संख्या ३४५ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या ३४५ पुग्यो

आइतबार थप नौ जनाको मृत्यु

बुटवल- नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।

आइतबार थप नौ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टायता थप १ हजार ३९ जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । कूल संक्रमितमध्ये ७१.५ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जनाएका छन् । आज थप ११ सय ७३ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : आइतबार, भाद्र २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij