बुटवल – नेपालमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप आठ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टायता थप १५ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ६८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्