‘लक्ष्मी बम’ को टिजर सार्वजनिक, तिहारमा रिलिज हुने पक्का

‘लक्ष्मी बम’ को टिजर सार्वजनिक, तिहारमा रिलिज हुने पक्का

बलिउडका अभिनेता अक्षय कुमारले आफ्नो नयाँ फिल्म ‘लक्ष्मी बम’ को टिजर सार्वजनिक गरेका छन् ।

फिल्म ‘लक्ष्मी बम’ को टिजर सार्वजनिक गर्दै अक्षयले फिल्म ९ नोभेम्बरमा रिलिज गर्ने जानकारी दिएका छन् ।

यो वर्षको दीपावलीमा सबैको घरमा “लक्ष्मी” का साथ एक धमाकेदार “बम” पनि आउने बताउँदै अक्षयले सो फिल्म डिजिटल माध्यमबाट रिलिज हुन लागेको जनाएका छन् ।

टिजरमा अक्षयको २ फरक अवतार देखाइएको छ ।

फिल्ममा ट्रान्सजेण्डरको भूमिकामा रहेको अक्षयको साथमा अभिनेत्री कियरा आडवाणी, तुषार कपूर, शरद केलकर, अश्विनी कलसेकर लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

‘लक्ष्मी बम’ हरर कमेडी तमिल ब्लकबस्टर फिल्म ‘मुनी २: कञ्चना’को रिमेक हो । हिन्दी भर्जनको फिल्मलाई राघव लरेन्सले निर्देशन गरेका हुन् ।

‘लक्ष्मी बम’ हटस्टार डिस्नी प्लसबाट रिलिज हुने भएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij