कुलमान घिसिङकाे पुनर्नियुक्ति माग गर्दै प्रदर्शन गर्नेमाथि पानीको फोहोरा

कुलमान घिसिङकाे पुनर्नियुक्ति माग गर्दै प्रदर्शन गर्नेमाथि पानीको फोहोरा

काठमाण्डौ
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्नुपर्ने माग गर्दै प्रदर्शन गर्नेमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ ।
काठमाण्डौको माइतीघर मण्डलामा घिसिङको समर्थनमा प्रदर्शन गर्न पुगेकाहरुमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन भनेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई हटाउने प्रयास गरेको थियो । तर प्रदर्शनकारी नहटेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो ।
गएको भदौ २८ गते कार्यकाल सकिएपछि कुलमान मङ्गलबार हिजो औपचारिक रुपमा बिदाइ हुनुभएको थियो । प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नै दोहोर्‍याउनुपर्ने भन्दै जनदबाब बढेको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij