बुटवलका २ सहित रुपन्देहीमा बिहीबार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुटवलका २ सहित रुपन्देहीमा बिहीबार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुटवल-बुटवल उपमहानगरपालिकाका २ सहित रुपन्देहीमा बिहीबार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँँगैै रुपन्देहीमा कोेरोेना संक्रमितको कुल संख्या १ हजार ८ सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २ सहित रुपन्देहीमा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

बिहीबार रुपन्देहीको बुटवल उपमहानगरपालिकाका २ जना,लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना र तिलोत्तमा नगरपालिकाका १ जना गरी ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लामा १ हजार १ सय ३० जना कोरोना भाइरस संक्रमित उपचार पछि निको भएर घर फर्कीएका छन भने २० जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।

रुपन्देहीमा हाल ७ सय १६ जना कोरोना भाइरस संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, असोज १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij