बुटवल-नेपालमा शुक्रबार थप ७ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप सात जनाको मृत्यु भएको जानकारी दिएको छ ।
यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।
शुक्रबार थप २ हजार २० जना संक्रमित भेटिएका छन् । यससँगै संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८७१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति : शुक्रबार, असोज २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्