संविधान संशोधनका लागि खुला दिमाग राखेर बिनाबहकाउ तयारी गर्नुपर्छ : प्रधानमन्त्री

संविधान संशोधनका लागि खुला दिमाग राखेर बिनाबहकाउ तयारी गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ ।

शुक्रबार ‘अ ट्रिटिज अन दी कन्स्टिच्यूसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताउनुभएको हो ।

व्यावहारिकरुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिने उहाँको भनाइ छ ।

जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संशोधन आवश्यक पर्नसक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

‘व्यवहारकाक्रममा भोलि गएर केही अपूर्णता पनि देखिएला । जनताको आवश्यकतालाई समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि न्याय, समानता वा विकासलाई यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्नसक्छ’(उहाँले भन्नुभयो(‘त्यस्तो पर्‍यो भने संविधान संशोधन हुन्छ । यो अपरिवर्तनशील र असंशोधनीय चिज होइन ।

संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानुनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकताअनुसार संशोधन गर्न सकिने बताउनुभयो ।

उहाँले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने बताउनुभयो ।

उहाँले संविधान संशोधनका लागि सबैले खुला दिमाग राखेर बिनाबहकाउ तयारी गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

पाँचौं संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले ६४६ पृष्ठको ‘अ ट्रिटिज अन दी कन्स्टिच्यूसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन गर्नुभएको हो ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा भएको पुस्तक विमोचनमा भौतिक दुरी कायम गरिएको थियो ।

प्रकाशित मिति : शुक्रबार, असोज २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij