बुटवल-प्रदेश न ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारले चालेका कदमप्रति नागरिकको सार्थक सहयोगबाट मात्रै कोरोना माहामारीलाई जित्न सकिने बताएका छन् ।
उनले कोरोनाका कारण केही महिनादेखि दैनिकी खल्बलिएको भन्दै लामो लकडाउन र निषेधाज्ञा गर्न नहुने बताए । उनले स्वास्थ्य सुरक्षा सर्तकता र मापदण्ड पालना गरी समाजका विभिन्न क्षेत्र खुलाएर अघि बढ्नुपर्ने बताए ।
लकडाउन र निधेषाज्ञा नभई खुला हुँदै जानुको अर्थ कोभिड(१९ नियन्त्रण भएको भनेर नबुझ्न उनको आग्रह छ । संविधान दिवसको अवसरमा प्रदेश न ५ सरकारद्वारा बुटवलमा आयोजित मूल समारोह (२०७७लाइ सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले दैनिकीलाई नियमित गर्न र गराउन अझ उच्च सतर्कता आवश्यक रहेको बताए ।
कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन तहगत सरकारहरुले काम गरिरहेको र यसमा स्थानीय सरकारको भूमिका प्रशंसनिय भएको बताए । उनले कोभिड(१९ को महामारीलाई जितेपछि आगामी वर्षका चाडपर्व, उत्सव र दिवसलाई भव्य रुपमा मनाउने तर्क गरे ।
पोखरेलले देशका तीन सरकार मध्ये सबैभन्दा कम प्रशासनिक खर्च हुने सरकार भनेकै प्रदेश सरकार रहेको दाबि गरे । प्रदेश ५ सरकारले अन्यको तुलनामा नमुना काम गरिरहेको समेत उनले दाबि गरे ।
‘सबैभन्दा धेरै बित्त हस्तान्तरण,धेरै पूजिगत खर्च गर्न सक्ने हामी नै हौं तर जनताको अपेक्षा र आशाको तुलनामा कमी नै छ तर तिब्रता दिनेछौं ’ उनले भने ।
चालु आवमा प्रदेश ५ सरकारले १५० किलोमिटर सडक कालोपत्रै गरेर बिकासको गतीलाइ तिब्रता दिएको समेत उनले बताए । सो अवसरमा प्रदेश सरकारले बिभिन्न ब्याक्तित्व र संघ संस्थालाइ सम्मान र पदक प्रदान गर्ने घोषणा गरेको छ । सरकारको सम्मान र पदक प्रदेश स्थापना दिवसका दिन फागुन ३ गते प्रदान गरिने छ ।
प्रकाशित मिति : शनिबार, असोज ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्