काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ ।
केही दिनपहिला कोरोना संक्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मंगलबार ओम अस्पताल चाबहिलमा भर्ना हुनुभएको थियो ।
महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि शनिबार ‘डिस्चार्ज’ हुनुभएको कोइरालाका स्वकीयसचिव भरत तिवारीले जानकारी दिनुभयो ।
महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित चासो, चिन्ता, शुभेच्छा र स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिनुभएको छ ।
यस्तै, आफ्नो स्वास्थ्य अवस्थाबारे आमजनतामाझ जानकारी गराउने पत्रकार तथा आफ्नो उपचारमा संलग्न डा. विश्वनाथ कोइरालालगायत चिकित्सक टोलीलाईसमेत धन्यवाद व्यक्त गर्नुभएको छ ।
उहाँले आफ्नो स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएसँगै चिकित्सकको सल्लाहबमोजिम अब केही दिन ‘होम आइसोलेसन’मा रहने जानकारीसमेत गराउनुभएको छ ।
प्रकाशित मिति : शनिबार, असोज ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्