रक्सी-चुरोटका अम्मलीलाई कडाखालको कोरोनाको उच्च जोखिम

रक्सी-चुरोटका अम्मलीलाई कडाखालको कोरोनाको उच्च जोखिम

काठमाडौं -रक्सी र चुरोटका अम्मलीलाई कोरोना भाइर संक्रमणको धेरै जोखिम हुने चिकित्सकहरुले बताएका छन्। नेपालमा १२ महिनायता प्रत्येक चारमा एकजनाले रक्सी पिउने गरेको बताउँदै चिकित्सकले यो अम्मल छाड्न पनि अपिल गरेका छन्। त्रिवि शिक्षण अस्पतालका डाक्टर सगुन बल्लभ पन्तले नेपालमा १२ महिनायता चारजनामा एकजनाले रक्सी पिउने गरेको बताए। त्यस्तै प्रत्येक ३(४ जनामा एकजनाले सुर्तीजन्य पदार्थ खाने गरेको पनि उनले जानकारी दिए। ुयो महामारीमा लागु पदार्थको प्रयोगले झन् बिकराल अवस्था ल्याउने देखिएको छ। रक्सीको दीर्घकालीन प्रयोगले शारीरिक समस्या आउँछ। नसर्ने रोगको प्रमुख कारण रक्सी र चुरोट हुन् उनले भने इटाली र बेलायतमा भएको अध्ययनले रक्सी पिउनेहरुले सामाजिक दूरी पालना नगर्ने, मास्क नलगाउने र हात नधुने गरेको पाइएको। यसले कोरोनाको सबैभन्दा जोखिम उनीहरुमा देखिएको छ।ु डाक्टर पन्तले घरमा बनेको रक्सीजन्य पदार्थले कोरोना सर्ने जोखिम बढ्ने बताए। ुघरेलुसहितका मदिरा भिडभाड भएर खाने गरेको पाइएको छु, उनले भने, ुयसले गर्दा एकै पटक धेरैलाई कोरोना हुने डर छ। अधिकांश व्यक्ति घरमा बनेको लागुपदार्थ खान्छन्। यस्ता पदार्थ सामाजिक दूरी कायम नगरी भट्टीहरुमा, सानो कोठामा धेरैजना बसेर उपभोग गर्दा जोखिम पनि बढेको छ। डाक्टर पन्तले लागुपदार्थ खानेको रोग प्रतिरोधतम्क क्षमता घट्दै जानाले कडा खालको कोरोना संक्रमण हुन सक्नेतर्फ सचेत गराए। चुरोटको प्रयोगले फोक्सो कमजोर हुँदा कडा कोरोना लाग्‍ने उच्च जोखिम हुन्छ। अर्कातिर रक्सीले कलेजोसहितका महत्वपूर्ण अंगमा क्षति गर्ने भएकाले यस्तालाई कडा किसिमको कोरोनाले समात्‍न सक्ने जोखिम हुन्छ। यो महामारीका बेला यस्ता कुलत त्याग्‍न पनि उनले अपिल गरेका छन्। त्रिवि शिक्षण अस्पतालमा मानसिक रोगको उपचारका लागि भर्ना हुने धेरै छन्। यो समय लागु पदार्थ छाड्नै पर्‍योु, उनले भने, महामारीका बेलामा रक्सी छाड्न सके हामीलाई जोगाउँछ। थाहै नदिई रक्सी छुटाउँछु भनेर विज्ञापन गरेकाको पछि नलाग्‍नु, यस्ता औषधिले गम्भीर असर गर्न सक्छ। त्यसैले रक्सी चुरोटको समस्याबारेमा सकेसम्म चिकित्सकहरुलाई नै भेट्नुस्। लागुपदार्थ छाड्नुस्।

प्रकाशित मिति : आइतबार, असोज ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij