सोमबार कोरोनाबाट थप १६ जनाको मृत्यु

सोमबार कोरोनाबाट थप १६ जनाको मृत्यु

बुटवल-नेपालमा सोमबार थप १६ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १६ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

सोमबार थप ११ सय ५४ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितकाे संख्या ६५ हजार २७६ पुगेकाे छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको ४७ हजार २३८ संख्या पुगेको छ । आज थप १ हजार ५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : सोमबार, असोज ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij