बुटवलका १३ सहित रुपन्देहीमा थप १८ जनामा कोरोना संक्रमण

बुटवलका १३ सहित रुपन्देहीमा थप १८ जनामा कोरोना संक्रमण

बुटवल।
बुटवल उपमहानगरपालिकाका १३ सहित आजरुपन्देहीमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९ महिला र ९ पुरुष गरी रुपन्देहीमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या २ हजार ७२ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकाका ९ महिला र ४ पुरुष गरी १३ जना, सिद्धार्थनगर नगरपालिकाका ४ जना र तिलोत्तमा नगरपालिकाका १ जना गरी १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा हालसम्म १ हजार ३ सय २ जना कोरोना संक्रमित निको भएका छन भने ७ सय ४९ जना उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्लामा हासम्म २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : सोमबार, असोज ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij