बुटवल-नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।
बिहीबार थप १७ जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा संक्रमितकाे संख्या ६९ हजार ३०१ पुगेकाे छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । बिहीबार थप १४ सय ९७ जनामा कोरोना पुष्टि भएको हो ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ५० हजार नाघेकाे छ । पछिल्लो २४ घण्टामा थप ४५७ जना कोरोनालाई जितेर घर फर्किएसँगै संक्रमणमुक्त हुनेकाे संख्या ५० हजार ४११ पुगेकाे छ ।
कुल संक्रमितमध्ये ७२.७ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले जानकारी दिए ।
प्रकाशित मिति : बिहिबार, असोज ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्