बुटवल ।
बुटवलका ४२ सहित रुपन्देहीमा बिहीबार थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २३ महिला र ५९ पुरुष गरी रुपन्देहीमा थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ८२ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहीबार बुटवल उपमहानगरपालिकाका ११ महिला र ३१ पुरुष गरी ४२ जना, तिलोत्तमा नगरपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, सिद्धार्थनगर नगरपालिकाका ३ महिला र ६ पुरुष गरी ९ जना, सैनामैना नगरपालिकाका २ महिला र ३ पुरुष गरी ५ जना,रोहिणी गाउपालिकाका ३ पुरुष, देवदह नगरपालिकाका १ महिला र १ पुरुष गरी २ जना, र ओमसतिया गाउपालिकाका २ जना गरी ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा हालसम्म १ हजार ५ सय ३१ जना कोरोना संक्रमित निको भएका छन भने हाल ७ सय जना उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्लामा हासम्म २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्