नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुनेको संख्या ७० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १३ सय १३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ७० हजार ६१४ पुगेको हो ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २६२ जनाको परीक्षणमा थप १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ सय ५५ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति : शुक्रबार, असोज ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्