कारोना बिरुद्ध मेरो लडाई

कारोना बिरुद्ध मेरो लडाई

१० दिनपछि आइसियुबाट बाहिर निस्कँदा नयाँ संसार देखेको अनुभव गरे। ‘बाहिर हरियाली, संसारै अर्कै देखें’, आइसुलेसन वार्डमा तीन दिन बितेपछि डिस्चार्ज ग¥यो। डिस्चार्जपछि पनि १४ दिन घरमै आइसुलेसनमा बस्न चिकित्सकले सुझाब दिए । फोन र सन्देश आउँथे, जुन म्यासेज मेरा लागि बाँच्ने भरोसा बन्थे’, ‘म जीवनको अन्तिम दिनको मुखबाट फर्केर आएको हुँ।’ यति बेला कोरोनाबारेको धारणा परिवर्तन भएको छ। ‘

(शरीरमा निमोनिया बढ्दै गयो, अक्सिजन घट्दै गयो। । ‘म जीवनभन्दा पनि सजिलो के भन्ने रोज्ने स्थितिमा पुगेको थिएँ’, भोलिपल्ट बिहान १० प्रतिशत समस्या कम भयो। भर्ना भएको दसौं दिन पुनः कोरोना परीक्षण भयो। रिपोर्टमा कोरोना नेगेटिभ आयो तर कोरानाले जन्माएका समस्या सकिएका थिएनन्।)

मेरो घर बुटवल उपमाहानगरपालिका १२मा हो ।म एक सहकारीको व्यवस्थापन पनि सम्हाल्छु ।आफु दैनिक कार्यमा सुरक्षित तरिकाबाट गरिरहेको थिए ,आफूलाई कोरोना संक्रमण होला भनेर सोचेका थिएन । मास्क, सेनिटाइजर सधैं लगाएकै हुन्थे । संक्रमण भइहाले पनि उमेरकै छु, के नै होला भन्ने आत्मविश्वास थियो।मलाइभदौ दोस्रो साता देखि कडा ज्वरो र सुख्खा खोकी आयो, जसले मलाई शिथिल बनायो। कोरोना लागेको शंका भयो । अनि परिवारका सदस्यलाई आफ्नो नजिक नबस्न भने । पहिले रगत, पिसाबको परीक्षण गरे । ‘कोरोना, जन्डिस, डेंगी, मलेरिया सबै रोगको परिक्षण गरे , भदौ २० गते साझ कोरोनाको रिपोर्ट पोजेटिभ आयो । सीमित उपचार विधि र परिवारको चिन्ताले मनभरि प्रश्न भरिए । ‘कोरोनाको उपचार साँघुरो छ, अब के त रु परिवारका सदस्यलाई भयो भने कसले हेरचाह गर्छ रु म अनुत्तरित भएँ’, २ दिन सम्म घरमै आइसुलेसनमा बसे पटकपटक सिटामोल खाँदा पनि ज्वरो घटेको थिएन। हुँदाहुँदै अक्सिजन घट्यो ।

भदौ २२ गते राति कोराना अस्पताल आइसुलेसन कक्ष मा भर्ना भए समस्या जस्ताको तस्तै थियो चिकित्सकको सल्लाहामा आइसियु कक्ष मा लगीयो चिकित्सकले कोरोनासहित निमोनिया भएको बताए । अक्सिजन घट्दै गयो। रक्तचाप घट्ने, निमोनिया, ज्वरो, श्वास फेर्न गाह्रो हुँदै गयो ।
असह्य भएपछि एन्टिभाइरल औषधि रेमडिसिभिर चलाउने निधो भयो। नेपालमा यो औषधि आइसकेको थिएन। बाहीर ब्यालकमा महँगो मूल्यमा औषधि पाइयो शरीरमा निमोनिया बढ्दै गयो, अक्सिजन घट्दै गयो। । ‘म जीवनभन्दा पनि सजिलो के भन्ने रोज्ने स्थितिमा पुगेको थिएँ’, भोलिपल्ट बिहान १० प्रतिशत समस्या कम भयो। भर्ना भएको दसौं दिन पुनः कोरोना परीक्षण भयो। रिपोर्टमा कोरोना नेगेटिभ आयो तर कोरानाले जन्माएका समस्या सकिएका थिएनन्। चिकित्सकले आइसियुबाट आइसुलेसन वार्डमा सार्ने निधो गरे। १० दिनपछि आइसियुबाट बाहिर निस्कँदा नयाँ संसार देखेको अनुभव गरे। ‘बाहिर हरियाली, संसारै अर्कै देखें’, आइसुलेसन वार्डमा तीन दिन बितेपछि डिस्चार्ज ग¥यो। डिस्चार्जपछि पनि १४ दिन घरमै आइसुलेसनमा बस्न चिकित्सकले सुझाब दिए ।
(फोन र सन्देश आउँथे, जुन म्यासेज मेरा लागि बाँच्ने भरोसा बन्थे’, ‘म जीवनको अन्तिम दिनको मुखबाट फर्केर आएको हुँ।’ यति बेला कोरोनाबारेको धारणा परिवर्तन भएको छ। ‘कोरोनाले युवालाई केही गर्दैन भन्ने पनि हल्ला हो। हल्लाको पछि नलागौं। सरकारले भनेका मापदण्ड पालना गरे मात्र बाँच्न र बचाउन सकिन्छ।’ आफूलाई बचाउन स्वरुप परिवर्तन गर्ने भएकाले नेपालमा दोस्रो चरणमा देखिएको कोरोना भाइरस पहिलेको भन्दा भिन्न छ। यसले वृद्धमात्र नभई युवालाई पनि नछोडेको देखिन्छ।)यो भाइरसले कसलाई कति असर गर्छ भन्ने कुरा पहिला नै थाहा नहुने भएकाले रोग लागेर उपचारमा जानुभन्दा रोगै लाग्न नदिनु नै राम्रो । तर कतैबाट संक्रमणको लक्षण देखिएमा ढिला नगरी अस्पताल जान र ‘छिटो उपचार गरेमा निको हुन सकिन्छ’सामाजिक दूरि कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाका विधि गर्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न सकिने भएकाले थप सर्तक रहनु अति नै जरुरी रहन्छ । आइसोलेशनमा रहँदा लुम्बिनी प्रादेशिक अस्पतालबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको काम गरेको सबैप्रति आभार व्यक्त गर्दछु ।

 

प्रकाशित मिति : शुक्रबार, असोज ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij