अहिलेपनि ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराइरहेका छन भने ४२ प्रतिशत महिलाले मात्र सुरक्षित गर्भपतन गराइरहेका छन्। प्रविधि र शिक्षाको द्रूत विकासले यसमा खास कमी ल्याउन सकेको देखिदैन । यस्तो अवस्थामा पनि महिलाहरु आफ्नो ज्यान जोखिममा पारेर गर्भपतन गर्न तयार भइरहनु अपत्यारिलो तथ्य हो।

आज राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस:अझै पनि कमी आउन सकेन असुरक्षित गर्भपतन

आज राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस:अझै पनि कमी आउन सकेन असुरक्षित गर्भपतन

प्रायजसो असुरक्षित गर्भपतन शिक्षाको अभाव र स्वस्थ्य केन्द्र जान हिचकिचाहटले हुने गरेको छ

[ग्रामीण तहमा सुरक्षित गर्भपतन सेवामा सबै महिलाको पहुँच नै पुगेको छैन, गुणस्तरीय सेवा नपुग्दा गर्भपतनका कारण अकालमा महिलाको मृत्यु हुने गर्छ असुरक्षित गर्भपतन गराउने चारमध्ये एक जनालाई जीवनभर उपचार गराउनुपर्ने र तिनको शारीरिक, मानसिक एवं आर्थिक तथा भावनात्मक समस्या हुने गरेको विश्वस्वास्थ्य संगठनले जनाएको छ। चिकित्सकका अनुसार असुरक्षित गर्भपतनले विशेष गरी अधिक रक्तश्राव, संक्रमण, पाठेघरको मुख, महिलाको प्रजनन अंग, पाठेघरजस्ता अति संवेदनशील अंगमा असर पुग्ने गर्छ।]

बुटवल
आज राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ ।सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता कोभिड १९ को महामारीमा पनि सेवाको सुनिश्चितता भन्ने नाराका साथ आज छैटौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाउन लागिएको छ । गर्भपतन आजको जमनाको एकदमै महत्वपूर्ण विषय हो। धेरै महिलाहरुलाई को बारेमा अझै त्यती ज्ञान छैन। गर्भवतीको मञ्जुरीमा उनको शरीरलाई हानी नहुने गरी तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा अनुमति प्राप्त स्वास्थ्य संस्थामा गरिएको स्तरीय गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ । लुम्बिनी प्रादेशिक अस्पताल का महिला तथा स्त्री बिषशेज्ञ डा बबीता थापा बताउनुहुन्छ ,सरकारले सुरक्षित गर्भपतन अपराध नभइ महिलाको प्रजनन् अधिकार भएको बताएको छ । तर अहिलेपनि ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराइरहेका छन भने ४२ प्रतिशत महिलाले मात्र सुरक्षित गर्भपतन गराइरहेका छन्। प्रविधि र शिक्षाको द्रूत विकासले यसमा खास कमी ल्याउन सकेको देखिदैन । यस्तो अवस्थामा पनि महिलाहरु आफ्नो ज्यान जोखिममा पारेर गर्भपतन गर्न तयार भइरहनु अपत्यारिलो तथ्य हो। अनिच्छित गर्भलाई सुरक्षित तरिकाले गर्भपतन गराउन आवश्यक सीप नभएका व्यक्तिले गरेको अथवा तोकिएको मापदण्ड अनुसारको सुविधा नभएको स्थानमा दिइएको गर्भपतन सेवालाई असुरक्षित गर्भपतन भन्ने गरिन्छ। उहा ले भन्नुहुन्छ प्रायजसो असुरक्षित गर्भपतन शिक्षाको अभाव र स्वस्थ्य केन्द्र जान हिचकिचाहटले हुने गरेको देखिएको छ मानिसहरुलाई बच्चा पाठेघरमा मात्र बस्छ भन्ने थाह हुन्छ। तर बच्चा पाठेघर मात्र नभएर अन्डासय, अन्डा नली वा सो भन्दा बाहिर पनि बस्न सक्छ। यो अवस्थामा औषधिको प्रयोग हानिकारक हुने गर्छ। अन्डानलीमा बच्चा बसेको खण्डमा औषधिको प्रयोगले नली फुट्ने, पेटमा रगत जम्ने र महिलाको ज्यान नै जान सक्ने जोखिम रहन्छ। हरेक १०० जनामा ५ देखि २० जना माहिलाको बच्चा बस्दा नलीमा बस्ने गर्छ। यस अवस्थामा औषधिको प्रयोगले महिलाहरुको जीवन नै जोखिममा पार्न सक्छ।
त्यसैले हरेक गर्भपतन गराउँदा उपयुक्त संस्था वा ब्यक्तिद्वारा उपयुक्त तरिकाले गराउन जरुरी छ । तालिमप्राप्त स्वस्थकर्मीले सामान्य जाँच गर्दा मात्र पनि बच्चा पाठेघरमा छ या बाहिर छ पत्ता लगाउन सक्छन्। परेको खण्डमा भिडियो एक्सरे गराएर हेर्न सकिन्छ। तसर्थ गर्भपतन गराउँदा स्वस्थ्य मन्त्रालयद्धारा स्वीकृति दिइएको सुरक्षित ठाउँमा मात्र गराउनु पर्छ। कानूनी हक प्राप्त सरकारी र गैरसरकारी संस्थाबाट मात्रै गर्भपतन सेवा लिँनु भरपर्दो हुन्छ। अस्पतालमा अण्डानलीमा बच्चा बसेर, फुटेर अस्पातल आएका महिला मध्य ५० प्रतिशत भन्दा बढिले गर्भपतनको औषधि सेवन गरेको पाइएको डा थापा बताउनुहुन्छ । धेरैजसोले आफ्नो हिसाबले किनेर सेवन गरेका भेटियो भने कति स्वास्थ्य सेवामै रहेका ब्यक्तिद्वरा नै गैरजिम्मेवार रुपमा औषधि दिएको पाइएको पनि छ।
यस्ता धेरै बिरामीसँग लिइएका प्रतिक्रियालाई अधार मान्ने हो भने प्रायजसो असुरक्षित गर्भपतन शिक्षाको अभाव र स्वस्थ्य केन्द्र जान हिचकिचाहटले हुने गरेको देखिन्छ।
यही क्रममा रोल्पा आएकी एक जना बिरामीले भनिन्,डाक्टरसाव् मेरो अन्डामा सिस्ट छ अरे, अपरेसन गरिदिन पर्यो। उनको ब्यथा कोट्याउँदै जाँदा उनलाइ सिस्टबारे केहि दिनअघि मात्र थाहा भएको रहेछ। उनले पनि कुनै औषधि पसलमा गएर गर्भपतनका लागि औषधि सेवन गरेकी रहिछन् । समय नमिलाई औषधि खाएकी उनलाई एक महिनाभन्दा बढी रगतका चोक्टा देखिरहे। बल्ल उनी अस्पताल गइन्। अस्पतालमा बच्चा पूरै गएको, नगएको हेर्नका लागि भिडियो एक्सरे गराइयो। उनको दाहिने अन्डामा पाठेघर भन्दा पनि ठूलो सिस्ट ट्युमर देखियो । यो सिस्ट उनले असुरक्षित औषधि सेवन गर्दा बटारिन, फुट्न सक्थ्यो। सो अवस्थाबाट गुज्रिन नपरेपनि उनको ट्युमरको अपरेसन गर्नु पूर्व उनलार्ई कयौं पोका रगत चढाउनु पर्यो । बेलामा थाहा भएको भए उनी यो अवस्थामा पुग्दैन थिइन्।
यसकारण कानुनी मान्यता प्राप्त संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीद्वारा गर्भपतन गराउन जरुरी छ । केही नबुझी, चेकजाँच नगराइ, अस्पताल जान झर्को मानेर औषधि लिनु आफ्नो ज्यानलाई खतरामा राख्नु हो। सरकारी मान्यता प्राप्त सरकारी तथा अर्ध सरकारी केन्द्रहरु जसले सुरक्षित गर्भपतन सेवा प्रदान गर्छन्। जुनसुकै बेला गर्भपतनका बारे सरल जानकारी मिलोस् भनी टोल् फ्री टेलिफोनको सुविधाहरु सञ्लानमा छन्। यस्तो अवस्थामा कुनैपनि महिलाले आफ्नो ज्यानलाई जोखिममा राख्नु हुदैन। असुरक्षित गर्भपतन गराउँदा एक चक्की औषधिले ठूलो दुर्घटना गराउन सक्छ।
गर्भपतन दुई तरिकाले गर्न सकिन्छ, औषधि र औजारद्वारा नौ हप्तासम्मको गर्भलाई औषधि र नौ हप्ता भन्दाबढीको गर्भलाई औजार तथा उपकरणको माध्यमबाट गर्भपतन गरिन्छ’, डा. थापाले भन्नुभयो ‘तर बाह्र हप्ताभित्रमा पनि लिङ्ग पहिचान गरेर भने गर्भपतन गराउन मिल्दैन।’
बाह्र हप्ताभन्दा बढीको गर्भपतनलाई गैरकानुनी मानिन्छ। यस्तो अवस्थामा गर्भपतन गराउनु स्वास्थ्यका दृष्टिकोणले समेत जोखिमपूर्ण हुन्छ। लाई करकापमा पारी गर्भपतन गरेमा वा अवैधरुपमा गर्भपतन गराउने कार्य गरेमा तीन वर्षसम्मको कारावासको सजायँ हुने कानुनमा व्यवस्था छ । यदि कुनै पनि स्वास्थ्य संस्थामा गाइनोक्लोजिक्टले १४ दिनको तालिम लिएपछि मात्रै ८ हप्तासम्मको गर्भपतन गराउन पाउने छन् । यसैगरी अस्पतालका मेडिकल अधिकृतले १० दिनको तालिम लिएपछि १२ हप्ता तथा सोभन्दा माथिका लागि थप १० लिन तालिम लिनुपर्ने व्यवस्था रहेको छ । अर्कातर्फ विशेष गरी शहरी क्षेत्रमा भ्रुण पहिचान गरी गर्भपतन गराउनेको संख्या बढ्दो नै रहेको बताइएको छ। भ्रुण पहिचान गरी गर्भपतन गराउन कानूनले निषेध गरेको छ।डा. थापा भन्नुहुन्छ ग्रामीण तहमा सुरक्षित गर्भपतन सेवामा सबै महिलाको पहुँच नै पुगेको छैन, गुणस्तरीय सेवा नपुग्दा गर्भपतनका कारण अकालमा महिलाको मृत्यु हुने गर्छ असुरक्षित गर्भपतन गराउने चारमध्ये एक जनालाई जीवनभर उपचार गराउनुपर्ने र तिनको शारीरिक, मानसिक एवं आर्थिक तथा भावनात्मक समस्या हुने गरेको विश्वस्वास्थ्य संगठनले जनाएको छ। चिकित्सकका अनुसार असुरक्षित गर्भपतनले विशेष गरी अधिक रक्तश्राव, संक्रमण, पाठेघरको मुख, महिलाको प्रजनन अंग, पाठेघरजस्ता अति संवेदनशील अंगमा असर पुग्ने गर्छ।
गर्भवती महिलालाई सुरक्षित गर्भपतन गर्न पाउने अधिकार संविधानमा उल्लेख गरिएको छ। तर लिङ्ग पहिचान गरेर गर्भपतन गर्न नपाइने कानुनी व्यवस्था छ। १८ वर्षअघि मुलुकी ऐनको ११ औं संशोधनमार्फत गर्भपतन गराउनुपर्ने आवश्यकता भएका महिलाले सेवा लिन सक्ने गरी कानुनी मान्यता प्राप्त भएको थियो । नेपालमा गर्भपतन सेवालाई कानुनी मान्यता दिएपछि १३ लाख भन्दा बढि महिलाले सेवा लिएको तथ्याङ्क छ ।

प्रकाशित मिति : शनिबार, असोज १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij