तिलोत्तमा , भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि तिलोत्तमामा रहेको सिद्धार्थ इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुलले ५ लाख १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
विद्यालयका तर्फबाट २ लाख ५६ हजार ६ सय ४२, शिक्षक तथा कर्मचारीहरूका तर्फबाट १ लाख ७० हजार ७ सय ५ र विद्यार्थीहरूका तर्फबाट ८२ हजार ६ सय ५३ गरी कुल ५ लाख १० हजार सहयोग गरेको प्राचार्य यम बहादुर रानाले बताउनुभयो।
प्राचार्य रानाका अनुसार ४ लाख ३० हजार प्याब्सन मार्फत र ८० हजार हिसान मार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग स्वरुप जम्मा गरिएको बताउनु भएको छ।
विद्यालयले गरेको सानो सहयोगले पीडितहरूको जीवनमा केही आशा र राहत थप्न सकोस् भन्ने उद्धेश्यले सहयोग गरेको उहांले बताउनुभयो ।
प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्