काठमाडौं ।
शनिबार थप १ हजार २०७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार १४७ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७३।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ।
त्यस्तै यस दिन मृतक थप ८ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४६७ जनामा कोरोना देखिएको छ।
प्रकाशित मिति : शनिबार, असोज १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्