बुटवल । लगातारको वर्षपछिको वाढिले पुर्याएको क्षेतिका विषयमा नेपाली रुपन्देहीले शनिबार स्थलगत अवलोकन गरेको छ । प्रभावित क्षेत्रमा गरिएको अवलोकन पछि पार्टि सभापती तथा पुर्व मन्त्री अब्दुल रज्जाकले प्रभावितलाई तत्काल राहत र वसोवासको प्रवन्ध गर्न माग गर्नु भयो ।
विपदका वेला सरकारी उपस्थीति प्रभावकारी बनाउन माग गर्दै सभापती रज्जाकले जनताले अनुभुती गर्ने गरि राहतको प्रवन्ध गर्न माग गर्नु भयो ।
प्रकृतिक विपत्तीका कारण निकै ठुलो क्षति भएको भन्दै उहांले नेपाली कांग्रेस पार्टिले पनि सक्दो सहयोग गर्ने बताउनु भयो । ्
रुपन्देहीको तिलोत्तमा देवदहका वाढि प्रभावित क्षेत्रहरु ग्णेशनगर, भुपु सैनिक, सक्रहवा, गौगोलिया, मद्रानी टटेरा, भुलुही लगायतको स्थागत अध्ययन गरिएको हो ।
खासगरि रोहिणी नदि भलुही खोला र सुखौरा खोलाले सो क्षेत्रमा वढि क्षति पुर्याएको छ ।
सो अवसरमा सहभागि नेपाली कांग्रेसका सो क्षेत्रका प्रदेश सभाका प्रत्यासी हरि न्यौपाने, नेपाली कांग्रेस तिलोत्तमाका नगर सभापती हरिलाल पाण्डे, जिल्ला सदस्य नविन आचार्य, वडा अध्यक्ष नारायण न्यौपाने, तेज वहादुर कसवंर लगायतको सहभागिता रहेको थियो ।
सो क्षेत्रमा मानविय क्षेती नभएपनी पशु चौपाय देखि भौतिक क्षेत्री र कटान निकै भएको युवा नेता न्यैपानेले जानकारी दिनु भयो ।
प्रकाशित मिति : शनिबार, असोज १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्