बुटवल
शैक्षिक संस्थाहरुले अनलाईन कक्षाका नाममा लिएको शुल्क फिताको माग गर्दै नेपाल बिद्यार्थी संघले शनिबार बुटवलमा मसाल लुलुस प्रदेर्शन गरेको छ । बिशेष गरी नीजि शैक्षिक संस्थाहरुले अनलाईन कक्षा सञ्चालन गरेको नाममा बिद्यार्थी संग पुरा शैक्षिक सत्रको शुल्क असल्न लागेपछि नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले त्यसको बिरोध गर्दै आएको छ ।
नेपाल बिद्यार्थी संघले शनिबार साँझ बुटवलको मिलनचोक प्रदेश पाँचको सामाजिक बिकास मन्त्रालयको मुल गेटमा मसाल जुलुस प्रदर्शन गरेको हो । मसाल जुलुस प्रदर्शनमा नेबिसंघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, पूर्व केन्द्रीय सदस्यहरु जमुना ढकाल, लेखनाथ भट्टराई, टंक पाण्डे, नेबिसंघ नेता छायाँ पोखरेल, सिदार्थ क्याम्पसका सभापति महेश शर्मा, बुटवल बहुमुखी क्याम्पसका सभापति दिनेश पौडेल, लुम्बिनी बाणिज्य क्याम्पसका सभापति सुरज क्षेत्री सहित सयौं बिद्यार्थी सहभागि थिए ।

मशाल जुलुस प्रदर्शनमा बिद्यार्थीहरु अनलाईन कक्षाको नाममा लिएको शुल्क फिर्ता गर, शैक्षिक माफिया बिरुद्ध हाम्रो प्रदर्शन, नेबिसंघ जिन्दाबाद लगायतका नारा लगाएका थिए । मसाल जुलुस प्रदर्शनका क्रममा प्रहरीले सिद्धार्थ क्याम्पसका दुई जना नेबिसंघ नेतालाई गिरफ्तार समेत गरेको थियो । उनीहरुलाई प्रदर्शन सकिएपछि वडा प्रहरी कार्यालयबाट छोडिदिएको बिद्यार्थी नेताहरुले जानकारी गराएका छन् ।
प्रदेर्शनका क्रममा नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलले बिद्यार्थी हकहितका लागि स्ुथापित नेबिसंघले बिद्यार्थीको हक हितका लागि मसाल जुलुस प्रदर्शन गरिएको बताउँदै आफूहरुको आन्दोलनलाई दमनको नीति नलिन सरकारलाई चेतावनी दिनुभयो ।
कलम र मसाल अंकित नेबिसंघको झण्डाको मर्म अनुसार अहिले बिद्यार्थी हकहितको लागि कलमलाई थाती राखेर मसाल उठाउनु परेको बताउँदै तट्कारो समस्या समाधान नहुदासम्म मसाल नबिसाउने पनि बताउनु भयो

त्यस्तै नेबिसंघका नेता छायाँ पोखरेलले दुई महिना २ घण्टा अनलाईन कक्षा पढाएको नाममा वर्षैभरीको शुल्क असल गर्ने कुरा कुनै हालतमा पनि स्वीकार्य नहुने चेतावनी दिनुभयो ।
प्रदर्शनको पूर्व सूचना पाएपछि मुख्य राजमार्ग भरी प्रहरी तैनाथ गरिएको थियो । यद्यपी अस्पताल लाईनमा प्रदर्शन हुने भनिएपनि सामाजिक बिकास मन्त्रालयलाई लक्षित गरेर नेबिसंघले मिलन चोकमा प्रदर्शन गरेको थियो । प्रहरीले हस्तक्षपको प्रयास गरेपनि उसका लागि हस्तक्षप सहज भने हुन सकेन ।

प्रकाशित मिति : शनिबार, असोज १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्