आज मध्यम वर्षा हुने अनुमान

आज मध्यम वर्षा हुने अनुमान

आज (आइतबार) मुलुकका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

केही दिनदेखि जारी भारी वर्षा भने आज नहुने महाशाखाको भनाइ छ । दिउँसो मौसम सामान्य बद्ली हुने र प्राय सफा रहने जनाइएको छ । महाशाखाले भारतको बिहारमा न्यून चापीय क्षेत्र कमजोर हुने भएकाले मौसममा क्रमिक सुधार हुने अपेक्षा गरेको छ ।

बिहानैदेखि प्रदेश १ मा मौसम पूर्ण रुपमा बद्ली रहे पनि त्यसले खासै प्रभाव नपार्ने जनाइएको छ । बाँकी प्रदेशमा सामान्य बद्ली रहेको महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : आइतबार, असोज ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij