JanataToday.com

Advertisment

SKIP THIS

दशैँ तिहारका लागि चीनबाट आउने सर सामान नाकामै रोकिए

दशैँ तिहारका लागि चीनबाट आउने सर सामान नाकामै रोकिए

काठमाण्डौ,दशैँ सुरु हुन एक महिना पनि बाँकी छैन । कोरोना महामारी नभएको भए यतिबेला बजारमा किनमेलको चहलपहल सुरु भइसकेको हुन्थ्यो । दशैँ तिहार आउनु दुई महिनाअघि नै नेपाली व्यापारी चीन पुग्थे, सर(सामग्री अर्डर गर्थे र एक महिनाअघि नै नेपाल भित्र्याइसक्थे ।

तर यसपाली अवस्था यस्तो छैन । दशैँ तिहारका लागि चीनबाट आउने सर(सामान नाकामै रोकिएका छन् । नेपाल ल्याउन अर्डर गरेका लत्ताकपडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक सामग्री चीनको केरुङमा रोकिएका हुन् ।

केरुङबाट रसुवागढी नाका हुँदै चिनियाँ सामग्री नेपाल भित्रने गरेको छ । तर अत्यावश्यक स्वास्थ्य सामग्रीबाहेक अरु सामग्री रसुवागढीबाट ल्याउन हम्मेहम्मे भइरहेको छ । रसुवागढी नाकाबाट ९ महिनादेखि आयात हुन सकेको छैन ।

कोरोना भाइरसको सङ्क्रमणका कारण चीनले गएको माघ १५ गतेदेखि नाका बन्द गरायो । नेपालमा पनि गएको चैत ११ गतेदेखि लकडाउन भयो । कोरोना महामारी र सङ्क्रमण जोखिमकै कारण व्यापार व्यवसाय समेत ठप्प भए । यसपालि तीजमा पनि चीनबाट ल्याउनुपर्ने सामग्री नेपाल आएनन् ।

चीनले रसुवागढी नाका गएको असार २२ गते दुई हप्ताका लागि खोलेको थियो । तर जोखिमकै कारण अत्यावश्यक स्वास्थ्य सामग्रीबाहेक अरु सामान ल्याउन नसक्दा नेपालका व्यापारीका धेरै सामग्री केरुङमै अलपत्र छन् । चीनले रसुवागढी नाकाबाट गएको बुधबारदेखि सामग्री आयात सुरु गरेको छ ।

तर कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सिधै सामग्री आउँदैन । चिनियाँ ट्रकले मितेरी पुलमा ल्याएर सामान झार्ने र त्यहाँबाट नेपाली कन्टेनरले ल्याउने गर्छन् । मितेरी पुलमा झारेको सामग्री नेपाली कन्टेनरले ल्याउनपर्ने भएकाले समस्या हुँदै आएको छ ।

रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार अहिले दैनिक पाँच वटा चिनियाँ ट्रकले सामग्री ल्याउने छन् । यही परिमाणमा सामग्री आए दशैँ तिहारका लागि आयात गर्न लागिएका सामग्री पनि समयमै नआउने चिन्ता बढेको उहाँले बताउनुभयो ।

झण्डै १२र१५ सय ट्रक सामान चीनतर्फ अड्किएको व्यापारीले जानकारी गराएका पनि उहाँले बताउनुभयो । व्यवसायीले तीजका लागि अर्डर गरेका सामानदेखि दशैँ, तिहारका सामान पनि नाकामै अड्किएको छ ।

​​नाका सहज हुँदा दैनिक ३० कन्टेनर सामान नेपाल भित्रने गरेको थियो । तर चीनबाट अहिले दैनिक ४र५ कन्टेनर मात्रै सामग्री नेपालतर्फ आउने गरेको छ । लकडाउनका बेला रोकिएका सामान ल्याउन दैनिक ४र५ कन्टेनरले मात्रै हुँदैन ।

नेपालले कन्टेनरको संख्या बढाउन चिनियाँ पक्षलाई भन्दै आएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत खड्काले बताउनुभयो । कन्टेनर बढाउन नेपालले अनुरोध गरेपछि चीनका अधिकारीले कामदारको कोरोना परीक्षण, सामान राख्ने ठाउँ बढाउन ९भन्सारमा यार्ड० बढाउन भनेका छन् ।

चीनले राखेका सर्त पालना गर्न समस्या

नेपालले तत्काल भन्सारमा यार्ड बढाउन सक्ने अवस्था छैन । अहिले पनि मितेरी पुलमा ल्याएर सामान झार्नुपर्ने बाध्यता छ । त्यो पुलमा लोड क्षमताभन्दा धेरै सामान झार्न सक्ने पनि अवस्था छैन । त्यसैगरी नेपालमा कोरोना सङ्क्रमित बढ्दै गएकाले विश्वासको संकट कायमै रहेको प्रमुख भन्सार अधिकृत खड्काले बताउनुभयो ।

त्यस्तै १४र१४ दिनमा कामदारको कोरोना परीक्षण गर्न पनि समस्या छ । उनीहरुको स्वाब सङ्कलन गरेर काठमाण्डौ पठाउनुपर्ने र रिपोर्ट आउन ढिला हुने गरेको छ । यसअघि नेपालले सामान लोडअनलोड गर्ने झण्डै ३० जना कामदारको कोरोना परीक्षण गर्दा एक जनामा पोजेटिभ देखिएपछि अरु कामदार पनि १४ दिन क्वरेण्टीन बस्नुपर्ने भएपछि काम रोकिएको थियो ।

‘उहाँहरुका कतिपय सर्त हामीले पालना गर्न नसक्दा दुई देशबीचको व्यापार नियमित हुन नसकेको हो’ प्रमुख भन्सार अधिकृत खड्काले भन्नुभयो, ‘अब मौसमले साथ दिए दुई सिफ्ट ८र८ घण्टा लगातार कामदारले काम गरे भने दैनिक १० कन्टेनर मात्रै ल्याउन सक्ने अवस्था छ ।’

रसुवागढी नाकामा व्यापार र भन्सार सहजीकरणको समस्या कायमै

२०७२ साल वैशाखको भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि नेपालको चीनसँगको व्यापार रसुवागढी नाकाबाट हुँदै आएको छ । भूकम्पभन्दा ६ महिनाअघि २०७१ साल मंसिरमा रसुवागढी(केरुङ द्विपक्षीय नाकाका रुपमा सञ्चालनमा आएको थियो ।

नेपाल र चीनले २०७४ भदौमा रसुवागढी(केरुङलाई दुई देशको अन्तर्राष्ट्रिय नाका घोषणा गरेका छन् । तर चीनसँगको प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भने कायमै छ ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत खड्का भन्नुहुन्छ, ‘कोरोना सङ्क्रमण जोखिमकै कारण नाकामा सहज हुन सकेको छैन । नाका सहज बनाउन दुई देशका बीचमा विभिन्न तहमा प्रयास भने भइरहेका छन् । भर्चुअल बैठक र छलफलमा पनि चिनियाँ अधिकारीले छिट्टै सहज हुने प्रतिक्रिया दिँदै आएका छन् ।’

बुधबार नाका खोलेपछि खोपका सामग्री भने नेपाल भित्रिएका छन् । समस्या समाधानका लागि पहल गर्दा केरुङका भन्सार अधिकारीले यस विषयमा ल्हासा सरकारले नै निर्णय गर्नुपर्ने बताएको पनि खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आइतबार, असोज ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij