बुटवल -नेपालमा आइतबार थप १५ सय ७३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको १० हजार १२३ जनाको परीक्षणमा थप १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
यससँगै कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । कुल संक्रमितमध्ये ७३.४ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले जानकारी दिए । आइतबार थप ८८५ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
प्रकाशित मिति : आइतबार, असोज ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्