नेकपा रुपन्देहीद्वारा महाधिवेशन केन्द्रित कार्ययोजना

नेकपा रुपन्देहीद्वारा महाधिवेशन केन्द्रित कार्ययोजना

बुटवल ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले पार्टीको आगामी महाधिवेशनलाई केन्द्रत गर्दै सदस्यता अभिलेखीकरण र नवीकरणको कार्ययोजना तयार गरेको छ ।

नेकपा रुपन्देही जिल्ला कमिटी कार्यालयको आइतबार बसेको बैठकले महाधिवेशन केन्द्रित कार्ययोजना तय गरेको हो । बैठकले सुरक्षा सतर्कतालाई ध्यान दिंदै तत्काल स्थानीय कमिटीहरुको बैठक आयोजना गरी कार्ययोजना अगाडि बढाउन विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेको रुपन्देहीका प्रवक्ता मोहन चापागाईंले जानकारी दिए । बैठकपछि प्रवक्ता चापागाईंद्वारा जारी विज्ञप्तीमा पार्टीको महाधिवेशन आगामी चैतमा हुने भएकाले प्रत्येक पार्टी सदस्यको अधिकार सुनिश्चित गर्न सदस्यता अभिलेखीकरण र नवीकरणको कार्ययोजना बनाइएको उल्लेख छ ।

त्यस्तै बैठकले महामारी र प्राकृतिक प्रकोपबाट भएको धनजनको क्षतिमा दुःख प्रकट गर्दै उद्दार, राहत र व्यवस्थापनमा सम्पूर्ण पार्टीपंक्तिलाई परिचालित हुन निर्देशन समेत दिएको छ भने आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेको छ ।

बैठकलाई संबोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लिला गिरीले पार्टी केन्द्र र प्रदेशका निर्णयहरुलाई कार्यान्वयन गर्नका लागि सम्पूर्ण पार्टी कमिटीसहित नेता कार्यकर्तालाई क्रियाशिल बनाउन निर्देशन दिएका थिए ।

पार्टी जिल्ला अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज दधिराम न्यौपाने, प्रदेश कमिटीका कार्यालय सदस्य तथा संगठन विभाग प्रमुख भूमिश्वर ढकाल, प्रदेश कमिटी कार्यालय सदस्य गोपाल भट्टराई, प्रदेश कमिटी सदस्य कृष्ण न्यौपाने, जिल्ला सचिव नारायणबहादुर जिसीलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

 

प्रकाशित मिति : आइतबार, असोज ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij