नेपालमा मंगलबार थप १५ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १५ सय १३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १० हजार ८९१ जनाको परीक्षणमा थप १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितकाे संख्या ७६ हजार २५८ पुगेकाे छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोनाबाट निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ ।
मंगलबार थप १० जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ४९१ पुगेकाे छ ।
प्रकाशित मिति : मंगलबार, असोज १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्