JanataToday.com

Advertisment

SKIP THIS

उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न बुटवल उद्योग बाणिज्य संघको आग्रह

उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न बुटवल उद्योग बाणिज्य संघको आग्रह

 

बुटवल– बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बुटवलको संगमपथमा रहेको संघको भवनमा व्यबसाय गरेका व्यबसायीलाई दुई महिनाको भाडा छुट गर्ने निर्णय गरेको छ । संघको मंगलबार बसेको कार्यसमिति बैठकले संघको भवनमा व्यबसाय गरेका व्यबसायीलाई दुई महिनाको भाडा छुट गर्दै आम घरधनीलाई पनि व्यबसायीलाई सहुलियत प्रदान गर्न आग्रह गरेको हो ।

त्यस्तै घरबहाल छुट गर्ने घरधनीलाई बहालकर छुट गर्न समेत सरकारसंघ माग गरेको छ । कोरोना भाईरस (कोभिड–१९) का कारण सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण ६ महिना व्यापार व्यबसाय ठप्प भएकोले व्यबसायीलाई केही हदसम्म भएपनि राहत होस भन्ने उद्देश्यले भाडा छुट गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो । संघले महामारीको समयमा आफ्नो घर भवनमा व्यबसाय गरेका उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न घरधनीहरुलाई आग्रह गर्दै संघले गरेको आग्रहमा सहयोग प्राप्त हुने समेत विश्वास गरेको छ ।

त्यस्तैगरी महामारीको समयमा गरिएको सिमानाका नियन्त्रणलाई निरन्तर नियन्त्रण गर्न समेत संघले आग्रह गरेको छ । सिमानाकालाई नियन्त्रण गर्दा बैद्य कारोवारलाई प्रात्साहन हुने र मुलुकको अर्थतन्त्रलाई समेत टेवा पुग्ने भएकाले सिमानाकालाई नियमित कडाई गर्न आग्रह गरिएको हो ।

त्यस्तै बैठकले संघले यहि असोजमा गर्ने निर्णय गरेको साधारण सभा तथा अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को स्वास्थ्य मापदण्डको कारण कार्यक्रम गर्न अनुमति प्राप्त नभएकाले असोजको २८, २९ र ३० गतेलाई तय गरेको साधारण सभा तथा अधिवेशन अर्को निर्णय नगर्दा सम्मलाई स्थगन गरिएको महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।

 

प्रकाशित मिति : मंगलबार, असोज १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij