बुटवल –अविरल वर्षापछि आएको वाढिका कारण विस्थापित परिवारलाई राहत वितरण गरिएको छ । रुपन्देहीको ओमसतिया ५ पिपरहियाका वाढि पिडितहरुलाई खाध्यान्न वितरण गरिएको हो ।सिदार्थ जेसिस को सहयोगमा स्थानिय ३० परिवारलाई खाध्य सामाग्रि वितरण गरिएको थियो । वाढिका कारण घरका समाग्रिहरु समेत नष्ट भएपछि उनिहरुले राहतको माग गरेकका थिए । नेपाली कांग्रेस रुपन्देहीको समन्वयमा प्रति परिवार चामल दाल, नुत तेल पिठो, चिनी लगायतका समाग्रि वितरण गरिएको थियो ।
सो अवसरमा नेपाली कांग्रेस रुपन्देहीका सभापती तथा पुर्व मन्त्री अब्दुल रज्जाकले विपदमा परेका नागरिकहरुलाई राहत वितरण गर्नु सबैभन्दा उत्कृष्ट कार्य भएको बताउनु भयो । उहांले विधिको शासन र मानवको सेवालाई आफ्नो आर्दशका रपमा लिने जेसिसले गरेको यो कार्य निकै उत्कृष्ट भएको बताउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेसका युवा नेता तथा प्रदेश सासदका उमेद्वार हरी न्यौपानेले युवाहरुले मानवताका क्षेत्रमा कार्य गर्नु पर्नेमा जोड दिनु भयो । सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सदस्य नविन आचार्य, सिदार्थ जेसिसका अध्यक्ष भुवन राण, कमल भण्डारी हुमकान्त भुषाल लगायतले बोलेका थिए ।
प्रकाशित मिति : मंगलबार, असोज १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्