कोरोना संक्रमित गर्भवतीको जन्मियो शल्यक्रियामार्फत् छोरा

कोरोना संक्रमित गर्भवतीको जन्मियो शल्यक्रियामार्फत् छोरा

वीरगञ्ज । वीरगञ्ज रामगढवाकी–२६ वर्षीया कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । बिहान ६ बजेर ४० मिनेटमा शल्यक्रिया मार्फत बच्चा निकालिएको हो ।

वीरगञ्ज हेल्थ केयर अस्पतालको प्रसूति विभागको टोलीले बिहान उनको शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि आमा र छोरा दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालमा मंगलबार रातिदेखि पेट दुख्न थालेपछि बिहान शल्यक्रियाको लागि हेल्थ केयर पठाइएको थियो । तीन वर्षअघि पनि उनले शल्यक्रिया मार्फत छोरा जन्माएकी थिइन् ।

कोरोना अस्पतालले भर्ना लिन नमानेपछि अक्सिजन लगाएर घरमै राखिएको थियो । यो समाचार अनलाइनखबरमा प्रकाशित भएपछि सरकारी अधिकारीहरुले चासो दिएका थिए ।
यो पनि पढ्नुहोस संक्रमित गर्भवतीलाई कोरोना अस्पतालले भर्ना लिएन, घरमै अक्सिजनको भर

नारायणी अस्पतालको समन्वयमा निजी अस्पतालमा संक्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए । ‘संक्रमित गर्भवतीलाई घरमै राखिएकोबारे बेलैमा जानकारी आयो । अस्पतालमा व्यवस्थापन गर्ने मौका पायौं,’ प्रजिअ तामाङले भने, ‘शल्यक्रिया मार्फत् उनको छोरा जन्मिएको छ । यो खुशीको कुरा हो ।’

संक्रमित महिलाका दाजु दिनेश पण्डित मिडियाले गर्दा बहिनीले राम्रो उपचार पाएको बताउँछन् । ‘हामीसँग कुनै विकल्प थिएन, घरमा ल्याएर राखेका थियौं,’ उनले भने, ‘मिडियाले अवस्था सार्वजनिक गरिदियोे, संक्रमण भएकै अवस्थामा बहिनीको शल्यक्रिया गर्ने अवस्था बन्यो ।’
यो पनि पढ्नुहोस होम आइसोलेसनमा बस्न बाध्य गर्भवतीलाई अस्पताल लगियो

उनमा गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जमा हाल सञ्चालनमा रहेको नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल ९बाबा होटल आइसोलेसन०ले शल्यक्रिया र डायलायसिसको विरामी लिन नसक्ने बताएपछि समस्या भएको थियो ।

बाबा होटल आइसोलेसनमा आवश्यक प्रबन्ध नहुँदासम्म संक्रमितको शल्यक्रिया र डायलायसिस गर्न वीरगञ्ज हेल्थ केयरको जिम्मा लगाइएको छ । वीरगञ्ज हेल्थ केयरले संक्रमितका लागि छुट्टै ठाउँको व्यवस्थापन गरेर शल्यक्रिया र डायलायसिसको प्रबन्ध मिलाएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रले बाबा होटल आइसोलेसनमा आवश्यक व्यवस्था नहुञ्जेल निजी हस्पिटलको संस्था अफिनलाई आवश्यक प्रबन्ध मिलाउने जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : बुधबार, असोज १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij