प्रदेश ५ का मुख्यमन्त्री पोखरेल र विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसंग भर्चुवल बैठक सम्पन्न

प्रदेश ५ का मुख्यमन्त्री पोखरेल र विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसंग भर्चुवल बैठक सम्पन्न

छोटो समयमै प्रदेश सरकार देखिने र भेटिने अवस्थामा–मुख्यमन्त्री पोखरेल

बुटवल।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसंग भर्चुवल बैठक सम्पन्न भएको छ ।

बैठकमा मुख्यमन्त्री पोखरेलले प्रदेशको आवधिक योजना कार्यान्वयनको पहिलो वर्ष सकारात्मक रहेको र कोभिड १९ ले श्रृजना गरेको अप्ठारो अवस्थामा पनि गत वर्ष प्रदेशले ७९ प्रतिशत पूँजीगत खर्च गर्न सफल भएको बताउनुभयो ।

प्रदेशको आवधिक योजना अनुसार विकासलाई गति दिदै आर्थिक वृद्धिदर ९ दशमलव ५ पु¥याउने कार्य चुनौतीपूर्ण रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले त्यो कार्य पूरा गर्न र विकासलाई गति दिन विकास साझेदार संस्थाको भूमिका बढ्ने विश्वास व्यक्त गर्नुभयो।
स्थापनाको छोटो समयमा प्रदेश सरकार देखिने र भेटिने अवस्थामा आइपुगेको दाबी गर्दै उनले सामाजिक सुरक्षा, विपद व्यवस्थापन, पूर्वाधार निर्माण, नागरिकको घरदैलोमा खानेपानीको पहुँच बढाउन, स्वास्थ्य सेवा विस्तार, कृषिको व्यवसायिकरण र पर्यटन पूर्वाधार निर्माणमा सरकारको प्राथमिकता रहेको बताउनुभयो ।
बैठकमा प्रदेश योजना आयोगका सदस्य विष्णु गौतमले प्रदेश सरकारको योजना, कार्यक्रम,संभावना र अवसरका बारेमा प्रस्तुती गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सेर बहादुर केसीले जानकारी दि नुभयो।
सो अवसरमा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले विकासमा प्रदेश सरकारको स्पष्ट दृष्टिकोण र योजना रहेको पाएको बताउँदै योजनालाई कार्यान्वयन गर्न उपलब्धीमुलक साझेदारी गर्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हडाडजरभस, आइएलओका निर्देशक रिचार्ड हवार्ड, डब्ल्युएचओका नेपाल प्रतिनिधि डा। जोएस भेण्डलर, नेपालका लागि स्वीजरल्याण्डका महामहिम राजदूत एलिजाबेथ क्यापलर, डिएफआइडीका नियोग प्रमुख लिसा होनान, एडिबीका प्रमुख अर्थशास्त्री शरद भण्डारी, युएनडिपीकि आवासिय प्रतिनिधि आएशानीई लबे लगायत सहभागी भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
बैठकमा प्रदेश सरकारको योजना, कार्यक्रम र प्राथमिकतामा विकास साझेदारहरुसंगको सहकार्य बढाउने उद्देश्यले आयोजित भर्चुवल बैठकमा विभिन्न १२ साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरु तथा प्रदेश सरकारका प्रमुख सचिव तोयानारायण ज्ञवाली, प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतम, योजना आयोगका सदस्यहरु र प्रदेश सरकारका मन्त्रालयका सचिवहरु सहभागीता रहेको जनाइएको छ ।

प्रकाशित मिति : बुधबार, असोज १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij