बुटवल।
बुटवलका ५४ सहित रुपन्देहीमा बिहीबार थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देही जिल्लामा कुल संक्रमितको संख्या २ हजार ७ सय २ पुगेको छ ।
२४ घण्टामा रुपन्देहीमा ३२ महिला र ५९ पुरुष गरी ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । बिहीबार बुटवल उपमहानगरपालिकामा मात्रै ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाको तिलोत्तमा नगरपालिकामा १६ जना, सिद्धार्थ नगर नगरपालिकामा ८ जना, सुद्धोदन गाँउपालिकामा ५ जना, सैनामैना नगरपालिकामा ४ जना, सियारी गाँउपालिकामा २ जना तथा रोहिणी र मायादेबी गाँउपालिकामा १÷१ जना गरी ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीद्धारा जारी सूचनामा जनाइएको छ ।
रुपन्देहीमा हालसम्म १ हजार ९ सय ४७ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन भने ७ सय ३० जना उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
हालसम्म रुपन्देही जिल्लामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्