बुटवलका ४४ सहित रुपन्देहीमा शुक्रबार थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुटवलका ४४ सहित रुपन्देहीमा शुक्रबार थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुटवल ।
बुटवलका ४४ सहित रुपन्देहीमा शुक्रबार थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देही जिल्लामा कुल संक्रमितको संख्या २ हजार ७ सय ७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा २५ महिला र ५२ पुरुष गरी ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
शुक्रबार बुटवल उपमहानगरपालिकामा मात्रै ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाको तिलोत्तमा नगरपालिकामा २० जना, सिद्धार्थ नगर नगरपालिकामा ४ जना, देवदह नगरपालिकामा ३ जना, सियारी र कञ्चन गाँउपालिकामा २÷२ जना तथा सैनामैना नगरपालिका र सुद्धोदन गाँउपालिकामा १÷१ जना गरी ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीद्धारा जारी सूचनामा जनाइएको छ ।

रुपन्देहीमा हालसम्म २ हजार १९ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन भने ७ सय ३५ जना उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

हालसम्म रुपन्देही जिल्लामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij