अनाथ आश्रमका बाल बालिकालाई सहयोग गर्दे नेवि संघ सभापति पौडेलले मनाए जन्मोत्सव

अनाथ आश्रमका बाल बालिकालाई सहयोग गर्दे नेवि संघ सभापति पौडेलले मनाए जन्मोत्सव

 

भैरहवा-बुटवल मोडेल कलेज का नेवि सघसभापति आकाश पौडेल ले अनाथ आश्रम का बाल बालिकहरु लाई स्टेशनरी सामाग्री हस्तान्तरण गरी जन्मोत्सव मनाएका छन् ।

सभापति पौडेल ले मायादेवी गाउ पालिका मा रहेको सिद्धार्थ बाल गृह मा रहेका बाल बालिकाहरु लाई कापि, पेन्सील लगायत १ दिन को खाना समेत खुवाएर पौडेल जन्मोत्सव मनाएका हुन् ।

बुटवल मोडेल कलेज का नेवि सघ सभापति पौडेल ले जन्मोत्सवको अवसरमा फजुल खर्च नगरी अनाथ आश्रम मा रहेका बाल बालिका हरु लाई आवश्यकता अनुसार स्टेशनरी सामाग्री तथा एक दिन को खाना खुवाएर सकारात्मक सन्देश प्रवाह गरेका छन् ।

आश्रम का अध्यक्ष कृष्ण माया गुरुङ्ग ले आफनो जन्म दिन ,वैवाहिक वर्ष गाठ लगायत का अवसर मा यसरी दाता हरु ले सहयोग तथा खाना खुवाउदा आश्रम सचालन गर्न केही सहज भएको बताएकी छन ।

 

नेवि सघ भैरहवा का नगर सभापति प्रतिक भण्डारी ले जन्म उत्सव तथा अन्य पारिवारिक अवसर मा होटल तथा रेष्टुरेन्ट मा अनावश्यक फजुल खर्च गर्न भन्दा अनाथ आश्रम , बृद्धा आश्रम लगायत आश्यकता परेका व्यक्तीहरु लाई यसरी सहयोग गर्नु सराहनिय कार्य रहेको बताउछन । उक्त आश्रम मा अहिले १३ जना बाल बालिका हरु रहेका छन ।

प्रकाशित मिति : शनिबार, असोज १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij