नियमित रक्तदानमा ६२ युनिट रगत संकलन

नियमित रक्तदानमा ६२ युनिट रगत संकलन

बुटवल -नेपाल नियमित रक्तदाता संघ रुपन्देही र बुटवल लेडी जेसीजको सम्युक्त आयोजनामा शनिवार बुटवलमा रक्तदान गरिएको छ ।
संघले हरेक महिनाको तेस्रो शनिवारलाई नियमित रक्तदानको कार्य तालिका बनाए अनुसार नै शनिवार रक्तदान गरिएको हो ।
शनिवारको रक्तदान कार्यक्रममा ६२ जनाले रक्रदान गरेको कार्यक्रम संयोजक रोशन अर्यालले बताउनु भयो ।
संघले नियमित बाहेक आवश्यक परेको समयमा र रगत अभाव भएको वेलामा जतीवेला पनि रक्तदान गर्ने गरेको सघका उपाध्यक्ष लेखनाथ भण्डारीले बताउनु भयो ।
कोरोना भाईरस संक्रमितलाई चाहिने प्लाज्माको पनि संघले व्यवस्थापन गदै आएको संघका अध्यक्ष दया बहादुर सिलवालले बताउनु भयो ।
रक्रदान कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भिम बहादुर श्रेष्ठले सामाजिक काममा संघले पुराएको योगदानको उच्च सम्मान गदै यस्ता मानविय कार्य गर्ने संघ संस्थाहरुलाई आर्थिक अभाव हुन नदिन स्थानिय तहले ध्यान दिन जरुरी रहेको औल्याउनु भयो ।
कार्यक्रममा बुटवल लेडी जेसीजकी अध्यक्ष कल्पना पाण्डे,सदस्य उषा खत्री संघका सल्लाहकार सुरेन्द्र शाक्य कोषाध्यक्ष दीपक अधिकारी लगायतले रगतको महत्वको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा उर्जा ईन्टरप्राईजेज प्रालीले प्रायोजन गरेको थियो ।

प्रकाशित मिति : शनिबार, असोज १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij