बुटवलमा २१ गते सम्म निषेधित क्षेत्र घोषणा

बुटवलमा २१ गते सम्म निषेधित क्षेत्र घोषणा

बुटवल -प्रदेश न ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा बुटवलमा आन्दोलन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषण गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार एक सूचना जारी गर्दै १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।

निषेधित क्षेत्र घोषण गरेको स्थानमा ५ जना भन्दा बढीको संख्यामा जम्मा हुन रोक लगाएको छ । प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ।

मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन गर्न पाइनेछैन।

प्रकाशित मिति : शनिबार, असोज १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij