काठमाडाैं – प्रदेश ५ काे मन्त्रिपरिषद् बैठकले रूपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने र बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने निर्णय गरेको छ ।
आज बिहान बसेकाे मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे हाे । बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्र उजागर गर्ने भन्दै यी तीन जिल्ला समेटेर सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा आज प्रदेशसभामा मतदान हुँदैछ । सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल सकिएपछि आज मतदान हुने भएको हो ।
नेकपाले यसकाे पक्षमा मतदान गर्न ह्विप जारी गरेकाे छ भने नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेकाे छ । हिजाे साेमबारकाे प्रदेश सभामा राजधानीकाे विषयमा विवाद समेत भएकाे थियाे । विपक्षी दलका सांसदहरू कुर्सी ताेडफाेडमा समेत उत्रिएका थिए । आज भने यसबारे निर्णय हुनेछ ।
यस्तै मन्त्रिपरिषद् बैठकले कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रणसम्बन्धी अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय छ । यसका लागि वन क्षेत्रको ९ बिघा जग्गा उपलब्ध गराउने निर्णय भएको छ ।
प्रकाशित मिति : मंगलबार, असोज २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्