नेपालमा बुधबार थप १५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रमा थप १५ जनाको कोरोनाबाट ज्यान गएको जानकारी दिएको छ ।
यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।
बुधबार एकै दिन ३४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ सय २६ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति : बुधबार, असोज २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्