बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

बुटवल – बाँके जिल्लामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–९ पिपरीका ३८ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा र दाङको घोराही उपमहानगरपालिका वडा नंं. ३ निवासी १५ वर्षीय किशोरको शिक्षण अस्पताल कोहलपुरमा गएराति मृत्यु भएको हो ।

असोज १३ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका ३८ वर्षीय पुरुषलाई २१ गते राति भेरी अस्पतालमा लगिएको थियो । प्लाज्मा थेरापी पनि गरिएका उनको शुक्रबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

यसैगरी दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब ८ः३० बजे मृत्यु भएको हो । उनमा निमोनियासमेत देखिएको थियो । उनको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दासमेत बिरामीको अवस्थामा सुधार आउन नसकेर मृत्यु भएको श्रेष्ठले  जानकारी दिए ।

योसहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

प्रकाशित मिति : शनिबार, असोज २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij