बुटवल
नेपाल चिकित्सक संघले आईतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक तथा कोरोना भाईरससंग सम्बन्धित बाहेकका सेवा बहिस्कार गर्ने घोषणा गरेको छ । १९ औं पटकको आमरण अनसरनमा रहेका डा.गोबिन्द केसीको जीवन रक्षाको निम्ति सरकार गम्भिर नभएको भन्दै चिकित्सक संघले आकस्मिक तथा कोभिड बाहेकका सबै सेवा बहिस्कार गर्ने घोषणा गरेको हो ।
चिकित्सा शिक्षा सुधारको माग सहित १९ औं पटक अनसनमा बसेका सत्याग्रही डा. गोबिन्द्र केसीको सत्याग्रह आज शनिबार २७ दिन पुगेको छ । संघले सरकारले डा। केसीसंगको वार्तालाई समेत सिमित गराएको आईतबारसम्म पनि सत्याग्रह अन्त्य नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चिकित्सक संघको चेतावनी छ ।
चिकित्सक सघका अध्यक्ष डा.केसीको तर्फबाट बनेको वार्ता टोलीमा समेत हुनुहन्छ । गत भदौ २९ गतेदेखि अनसनरत डा। केसीसंग २४ औं दिनमा मात्रै सरकारले वार्ता टोली बनाएको र बिहिबार र शुक्रबार वर्ता भएपनि सहमति जुट्न सकेको छैन ।
प्रकाशित मिति : शनिबार, असोज २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्