JanataToday.com

Advertisment

SKIP THIS

आईपीएलमा बेङ्ग्लोरको चौथो जित, चेन्नई ३७ रनले पराजित

आईपीएलमा बेङ्ग्लोरको चौथो जित, चेन्नई ३७ रनले पराजित

काठमाण्डौ

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चौथो जित निकालेको छ ।

राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बेङ्ग्लोरले चौथो जित निकालेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बेङ्ग्लोरले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए । बेङ्ग्लोरका लागि क्रिस मोरिसले ३ विकेट लिए ।वासिङ्गटन सुन्दरको नाममा २ विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बेङ्ग्लोरका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ९० रनको अर्धशतकीय इनिङ्स खेले । शिवम डुबेले अविजित २२ रन जोडे । यस्तै देवदूत पडीक्कलले ३३ रन जोड्दा वासिङ्गटन सुन्दरले १० रन बनाए । आरोन फिन्च २ रनमा आउट हुँदा एबी डी भिलियर्स शून्य रनमा आउट भए ।

चेन्नईका सार्दुल ठाकुरले २ तथा साम करण र दिपक चाहरले १र१ विकेट लिए । जितसँगै बेङ्ग्लोर तालिकाको चौथो स्थानमा उक्लिएको छ । बेङ्ग्लोरले ६ खेलमा ८ अंक जोडेको छ । छैठौ‌ँ स्थानको चेन्नईको यो पाँचौं हार हो । ७ खेलमा चेन्नईले ४ अंक जोडेको छ ।

प्रकाशित मिति : आइतबार, असोज २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij