डा. केसीसँग सहमतिपछि आवासीय चिकित्सकको आन्दोलन फिर्ता

डा. केसीसँग सहमतिपछि आवासीय चिकित्सकको आन्दोलन फिर्ता

काठमाडौं – अनशनरत प्रा.डा. गोविन्द केसीका मागको विषयमा मध्यरातमा सरकारसँग सहमति भएपछि आवासीय चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आज बिहान विज्ञप्ति सार्वजनिक गर्दै आवासीय चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी गराएका हुन् ।

आवासीय चिकित्सकले डा. केसीसँग भएका सम्झौतको प्रशंसा गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । डा. गोविन्द केसीको १९ औं आमशरण अनशनको २७ औं दिनमा डा. केसी र सरकारपक्षबचि भएको सम्झौताको खुलेर प्रशंसा गर्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।

सम्झौता भएका सम्पूर्ण कुराहरु कार्यान्वयन भएर २० औं अनशन बस्नुपर्नेस्थिति सिर्जना नहोस् भन्ने आशासहित असोज २४ गते विज्ञप्ति जारी गरेर सम्पूर्ण आवासीय चिकितसहले असोज २५ गते गर्ने भनिएको इमर्जेन्सी र कोभिडबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार लगायतका सबै कार्यक्रम फिर्ता गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौँ ।’

प्रकाशित मिति : आइतबार, असोज २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij