JanataToday.com

Advertisment

SKIP THIS

सिद्धि बिनायकले उत्पादन गरेको कोरियन फ्लेवरको ‘समुराई’ चाउचाउ बजारमा

सिद्धि बिनायकले उत्पादन गरेको कोरियन फ्लेवरको ‘समुराई’ चाउचाउ बजारमा

बुटवल-नवलपरासीको रामग्राममा रहेको सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले कोरियन फ्लेवरको चाउचाउ बजारमा ल्याएको छ । नेपाली बजारमा कोरियन तयारी चाउचाउको माग बढेपछि सूपथ मुल्यमा आवश्यकता परिपूर्ति गर्नको लागि कोरियन फ्लेवरको चाउचाउ उत्पादन गरिएको सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिका अध्यक्ष उज्वल कसजुले जानकारी दिनुभयो ।
कम्पनीले लामो समयको अनुसन्धान पछि उत्पादन गरेर बजारमा ल्याएको उहाँले बताउनु भयो । ‘कोरियन स्पाईसी नुडल्स’को स्वादमा ‘समुराई गोउरेन्टस् स्पाईसी’ चाउचाउ ल्याएको र बजारमा लोकप्रीय हुनुका साथै उपभोक्ताले यसको स्वाद मन पराउने कम्पनीले विश्वास गरेको प्रवन्ध निर्देशक अभिषेक श्रेष्ठले बताउनु भयो ।
१२० ग्रामको कोरियन स्पाईसी नुडल्सको मुल्य नेपाली बजारमा १५० रुपैंया छ । सोही अनुसार ७५ ग्रामको समुराई नुडल्सको ३० रुपैंया मुल्य निर्धारण गरिएको कम्पनीका व्यबस्थापक हरिबंश भुजेलले जानकारी गराउनु भयो । उहाँले नेपाली उपभोक्ताले सुपथ मुल्यमा कोरियन स्वाद लिन पाउने गरी कम्पनीले सुभल मुल्य निर्धारण गरिएको उल्लेख गर्नुभयो । सिंगापुर, चिन र भारतबाट बिभिन्न अन्तर्राष्ट्रिय स्तरका अवयवहरु आयात गरेर उच्च गुणस्तर, मिठो स्वाद र सस्तो मुल्यमा कोरियन स्वादको समुराई नुडल्स बजारमा ल्याईएको अध्यक्ष कसजु बताउनुहुन्छ ।
सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्स प्रालिबाट उत्पादित समुराई नुडल्सको आधिकारिक डिष्टिव्यूटर्सको जिम्मा बुटवल संगमपथमा रहेको ‘यु एण्ड यु’ ईन्टरनेशनलले लिएको छ । कम्पनीले उत्पादन गरेको समुराई नुडल्स आजैदेखि बजारमा पठाईएको यु एण्ड यु ईन्टरनेशनले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, असोज २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij