देशभरीका जेसिज महासचिवहरुको पहिलो ऐतिहासिक भेला पोखरामा सम्पन्न

देशभरीका जेसिज महासचिवहरुको पहिलो ऐतिहासिक भेला पोखरामा सम्पन्न

बुटवल-नेपाल जेसिज अन्तर्गतका १५६ वटा शाखाका महासचिवहरुको पहिलो ऐतिहासिक भेला पोखराको टीका रिसोर्टमा असोज २३ र २४ गते पोखरामा सम्पन्न भएको छ। नेपाल जेसिजका पुर्ब अध्यक्ष तथा पोखरा जेसिजका पुर्ब अध्यक्ष सिनेटर रबिन्द्र गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाको आतिथ्यता पोखरा जेसिजले गरेको थियो ।
भेलाका प्रमुख अतिथि तथा नेपाल जेसिजका पुर्व अध्यक्ष सिनेटर गुरुङ्गले नेपाल जेसिज के हो र यसले समाजमा के गर्छ र समाजमा यसको महत्व के हुन सक्छ भन्ने बारेमा हरेक युवाहरुको मन भित्र पुर्याउने र समाजमा नेपाल जेसिज अपरिहार्य संस्था हो भन्ने भावनाको बिकास गर्ने दायित्व र भुमिका महासचिवहरुको कांधमा रहेको बताउनु भएको छ। नेपाली समाजमा जेसिजको भुमिका र यसले समाजमा पार्ने सकारात्मक प्रभावको बारेमा पनि सन्देश प्रवाह गरी युवाहरुको ब्यक्तित्व बिकास,सामाजिक उत्तरदायित्व,भोली समाजलाई आवस्यक पर्ने असल र सभ्य युवा नेतृत्वको उत्पादन गर्न युवाहरुको साझा बिश्व बिधालय नेपाल जेसिजमा आवद्ध गराउनमा उत्प्रेरणा गर्ने मुख्य भुमिका महासचिवहरुको नै भुमिका प्रमुख हुने भन्दै प्रमुख अतिथि गुरुङ्गले महासचिवहरुको बोलीमा माधुर्यता र आकर्षक ब्यक्तित्वको बिकास गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
नेपाल जेसिजका कार्यकारीणी उपाध्यक्ष गोकुल साप्कोटाले शाखा महासचिवहरुले आफ्नो शाखाको संस्थागत बिकास र हरेक गतिबिधीहरुको अभिलेखिकरण गर्ने कार्यलाई सृजनात्मक र आकर्षक हुनुपर्नेमा जोड दिनु भएको छ।आफ्नो शाखाको परिचय र पहिचान महासचिवले तयार गर्ने मासिक तथा बार्षिक प्रतिबेदनबाट नै हुने भएकोले प्रतिवेदन तयार गर्नकै लागि र औपचारिकतामा सिमित राख्नाले आफ्नो शाखाको गतिबिधी प्रभावकारी नहुने कार्यकारीणी उपाध्यक्ष साप्कोटाले सुझाव दिनु भएको छ। यस्तै नेपाल जेसिजका पुर्ब कार्यकारीणी उपाध्यक्ष तथा पुर्ब महासचिव अरुणेश्वर खनालले शाखा महासचिवहरुले जेसिजको भुमिकालाई सफल उधमी युवा बन्नमा हरेक युवाहरुमा प्रोत्साहित गर्नु पर्नेमा जोड दिनु भएको ।
शाखा महासचिवहरुको पहिलो ऐतिहासिक भेलामा नेपाल जेसिजका पुर्ब कार्यकारीणी उपाध्यक्ष तथा पोखरा लेडि जेसिजकि अध्यक्ष संगीता पौडेल,पोखरा जेसिज २०२० का अध्यक्ष शिव प्रसाद साप्कोटा लगायतले बोल्नु भएको थियो ।
बिराटनगर जेसिजका महासचिव अभिषेक थापा मगर तथा रजहर जेसिजका महासचिव रमेश तिमल्सिनाले शाखा महासचिवहरुको तर्फबाट शाखा महासचिवहरुले गर्नु पर्ने जिम्मेवारी र भुमिकाको बारेमा प्रशिक्षित हुन पाएको र भेलाबाट प्राप्त सन्देशहरुलाई आफ्नो शाखा मार्फत गाउ गाउ सम्म पुर्याउने प्रतिबद्धता ब्यक्त गर्नु भएको भेला पोखरा जेसिज २०२० का महासचिव अनन्त प्रधानाङ्गको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा त्रिभुवननगरका महासचिव मिनराज भाटको स्वागत तथा गैडाकोट जेसिजका महसचिब शंकर अधिकारीले संचालन गर्नु भएको थियो भने बेलबारी जेसिजका महासचिव भुवन कार्किले जेसिज आस्था पाठ गराउनु भएको कञ्चन जेसिजका महासचिव चित्र तुलाचनले पोखराबाट जानकारी दिनु भएको थियो ।
भेलाको समापन गर्दै पोखरा जेसिज २०२० का महासचिव अनन्त प्रधानाङ्गले नेपाल जेसिजको इतिहासमा पहिलो पटक सम्पन्न भएको उक्त महासचिवहरुको भेलाले जेसिजमा आवद्ध भएका देशै भरीका युवाहरूलाई एकआपसमा जोड्ने र भाइचारा तथा बन्धुत्वको भावना वृद्धि गर्ने तथा युवा एकतामा समेत टेवा पुर्याउने बिश्वास ब्यक्त गर्नु भएको थियो।
ऐतिहासिक भेलाको पुर्व सन्धयामा कार्यक्रमको जेसिज मिट अन्तर्गत पोखराको फेवा तालको मध्य भागमा रहेको तालबराही मन्दिर परिसरको सरसफाइ समेत गरिएको थियो। देश भरबाट जेसिज अन्तर्गतका शाखा महासचिवहरुको ऐतिहासिक भेलामा सहभागी हुन आएका प्रतिनीधिहरुलाई गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकिय केन्द्रपोखरामा रहेका पर्यटकिय क्षेत्रहरुको भ्रमण समेत गराई बिदाई गरिएको पोखरा जेसिज बर्ष २०२० कोषाध्यक्ष प्रकाश घिमिरेले बताउनु भएको छ।

प्रकाशित मिति : आइतबार, असोज २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij