काठमाडौं – पछिल्लो २४ घण्टामा थप एक हजार ४७३ जना कोरोना संक्रमित डिस्चार्ज हुँदा देशभर चार हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज क्वारेन्टिनमा ४ हजार ८३१ जना रहेका छन् । ३३ हजार ८८० सक्रिय संक्रमितको उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएको छ । थप ९ संक्रमितकाे मृत्यु भएकाे छ ।
आज थपिएका संक्रमितमध्ये काठमाडाैंका एक हजार ८८८, भक्तपुरका ११८ र ललितपुरका २७७ रहेका छन् ।
थप अपडेटसँगै काेराेना संक्रमितकाे कुल संख्या एक लाख ११ हजार ८०२ पुगेकाे छ । संक्रमितमध्ये ७७ हजार २७७ जना उपचारपछि निकाे भइसकेका छन् । यस्तै मृतक संख्या ६४५ पुगेकाे छ ।
प्रकाशित मिति : सोमबार, असोज २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्