कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४५ पुग्यो

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४५ पुग्यो

नेपालमा आज थप ९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा आज थप ९ जनाले कोरोनाबाट ज्यान गुमाएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।

सोमबार थप ४ हजार ४७ जनामा कोरोना पुष्टि भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ ।

सोमबार थप १४ सय ७३ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै कोरोना जित्नेको संख्या ७७ हजार २७७ पुगेको छ । कुल संक्रमितमध्ये ६९.१ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति : सोमबार, असोज २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij